मनसुनी प्रभाव कायमै, तीन प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, देशका धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

आज रातिसमेत हिमाली तथा पहाडी भूभागमा बदली रही केही स्थानमा मध्यम वर्षा हुने तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईसहित विभिन्न प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।

२०८३ भाद्र ५, शुक्रबार ०७:०७ प्रकाशित
ट्रेन्डिङ समाचार