काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका पीडितले अहिलेसम्म वास्तविक न्यायको अनुभूति गर्न नपाएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले २३ र २४ भदौका घटनाको निष्पक्ष तथा उच्चस्तरीय न्यायिक छानबिन आवश्यक रहेको बताएका हुन् ।
उनले छानबिन ढिलो–चाँडो हुने र त्यसपछि मात्रै पीडितले वास्तविक न्यायको अनुभूति गर्न पाउने दाबी गरेका छन् । साथै, अहिले देशमा ‘गैरजेनजी’को हुकुम चलिरहेको भन्दै उनीहरूबाट सकारात्मक पहल वा न्यायको अपेक्षा गर्नु व्यर्थ रहेको टिप्पणी गरेका छन् ।
पोखरेलले जेनजी आन्दोलनमा षड्यन्त्र भएको हुन सक्ने एमालेको यसअघिको दाबीसमेत दोहोर्याएका छन् ।
२०८३ श्रावण २४, आईतवार १३:०९ प्रकाशित

