फेसबुकमार्फत बाल यौन दुर्व्यवहार सामग्री प्रसारण आरोपमा नेपाली नागरिक पक्राउ


काठमाडौँ ।  फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री प्रसारण गरेको आरोपमा दार्चुलाका ३२ वर्षीय वीर भान राम लावडलाई भारतको उत्तराखण्डस्थित पिथौरागढ प्रहरीले पक्राउ गरेको छ।

अनुसन्धानका क्रममा उनको प्रयोगमा रहेको मोबाइल सिमबाट उक्त सामग्री प्रसारण भएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको हो। अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको भारतीय प्रहरीले जनाएको छ।

२०८३ श्रावण २१, बिहीबार ०९:३४ प्रकाशित
ट्रेन्डिङ समाचार