सङ्गीत रोयल्टीमा कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं। सर्वोच्च अदालतले सङ्गीत रोयल्टीका नाममा एफएम रेडियोका सञ्चालक, व्यवस्थापक तथा रेडियोकर्मीविरुद्ध मुद्दा दर्ता, धरपकड, थुनामा राख्ने वा अन्य कानुनी कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले अकोराब नेपाल र बानले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश दिएको हो।

आदेशसँगै मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म सङ्गीत रोयल्टीका आधारमा एफएम रेडियो तथा सम्बद्ध व्यक्तिविरुद्ध कुनै कानुनी कारबाही अघि बढाउन नपाइने भएको छ।

२०८३ श्रावण २०, बुधबार २०:०५ प्रकाशित
ट्रेन्डिङ समाचार