काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित सीमा क्षेत्रबाट स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतबाट नेपाल आउँदै गरेका असपाक साह (२३) र साजन मुखियालाई जाँचका क्रममा रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो।
बरामद रकम र दुवै जनालाई थप कारबाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
२०८३ श्रावण २०, बुधबार १९:४४ प्रकाशित

