राहदानी कसुरमा परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ


काठमाडौं ।

राहदानी ऐनअन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार भट्टराईविरुद्ध वि.सं. २०६८ सालमा भएको राहदानीसम्बन्धी कसुरको विषयमा अनुसन्धानपछि २०८२ साल चैतमा अदालतमा मुद्दा दर्ता भएको थियो। सोही मुद्दाका आधारमा उनलाई पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०८३ श्रावण १८, सोमबार १४:४६ प्रकाशित
ट्रेन्डिङ समाचार