हत्या मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ


धनगढी। कञ्चनपुरमा हत्या मुद्दामा दोषी ठहर भई १७ वर्षदेखि फरार रहेका राजेश राना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–४ का ३५ वर्षीय रानालाई भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पक्राउ गरिएको हो। उनी कर्तव्य ज्यान मुद्दामा २० वर्ष ६ महिना कैद सजाय तोकिएका फरार अभियुक्त हुन्।

रानाले २०६६ सालमा लालझाडीका ३० वर्षीय रामस्वरुप रानाको हत्या गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका थिए। घटना भएपछि फरार रहेका उनलाई हाल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

२०८३ श्रावण १६, शनिबार ०९:१४ प्रकाशित
ट्रेन्डिङ समाचार