सप्तरीमा दुई घण्टा कर्फ्यु खुकुलो


काठमाडौं  ।   सप्तरी प्रशासनले अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि आज बिहान ७ देखि ९ बजेसम्म कर्फ्यु खुकुलो बनाएको छ।

तोकिएको समयमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्न खरिद गर्न पाउनेछन्। प्रशासनले ९ बजेपछि कर्फ्युको पूर्ण पालना गर्न तथा शान्ति सुरक्षा कायम राख्न सबैसँग सहयोगको अपिल गरेको छ।

२०८३ श्रावण १६, शनिबार ०८:२६ प्रकाशित
ट्रेन्डिङ समाचार