जनकपुरमा कर्फ्यु लागू, दुई समुदायबीच तनाव


काठमाडौं । धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो।

प्रशासनले सर्वसाधारणलाई घरभित्रै बस्न तथा शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ।

२०८३ श्रावण १४, बिहीबार १४:४९ प्रकाशित
ट्रेन्डिङ समाचार