सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा युवकको मृत्यु


काठमाडौं ।  सिरहाको गोलबजारमा कर्फ्यूका बीच भएको प्रदर्शनका क्रममा गोली लागेर करिब १८–१९ वर्षीय गणेश यादवको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार उनी मिर्चैया नगरपालिका–तुलसीपुरका निवासी हुन्। घटनापछि प्रदर्शनकारीहरूले शव सडकमै राखेर विरोध जारी राखेका छन् र सुरक्षाकर्मीलाई शव उठाउन दिएका छैनन्।

प्रदर्शनकारीहरूले प्रहरीको गोली लागेर मृत्यु भएको दाबी गरेका छन् भने प्रहरीले गोली नचलाएको, हवाई फायर र अश्रुग्यास मात्र प्रयोग गरिएको जनाएको छ। घटनामा एक जना घाइते भएको प्रशासनले जनाएको छ।

२०८३ श्रावण १४, बिहीबार १६:०८ प्रकाशित
ट्रेन्डिङ समाचार