७ दिनपछि नेप्सेमा ४४.५९ अंकको सुधार


काठमाडौं। लगातार सात कारोबार दिन घटेको सेयर बजार बुधबार सुधारिएको छ। नेप्से परिसूचक ४४.५९ अंकले बढेर २,६५२ अंकमा पुगेको छ।

बजारसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।

यस दिन २५२ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। सबै उपसमूहका सूचकहरू हरियो रहे, जसमा उत्पादन, जलविद्युत् र व्यापार समूहमा २ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहमा पनि सकारात्मक सुधार देखिएको छ।

२०८३ असार १७, बुधबार १९:२८ प्रकाशित
ट्रेन्डिङ समाचार