कल्याणकारी कोषको रकम कर्मचारीलाई नगद बाँड्न नमिल्ने : सर्वोच्च अदालत


काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा प्रतिष्ठानहरूको कर्मचारी कल्याणकारी कोष (स्टाफ वेल्फेयर) को रकम कर्मचारीलाई व्यक्तिगत रूपमा नगद वितरण गर्न नमिल्ने फैसला गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुँयालअब्दुल अजीज मुसलमान को संयुक्त इजलासले श्रम अदालतको फैसला बदर गर्दै कल्याणकारी कोष सामूहिक हितका लागि मात्र प्रयोग गर्नुपर्ने व्याख्या गरेको हो।

नेपाल एसबीआई बैंकका पूर्वकर्मचारी प्रभाकर पुडासैनी ले स्टाफ वेल्फेयर कोषबाट रकम पाउनुपर्ने माग गर्दै दायर गरेको मुद्दामा सर्वोच्चले यस्तो कोष कर्मचारीको व्यक्तिगत सम्पत्ति नभई सामाजिक सुरक्षा तथा सामूहिक कल्याणको माध्यम भएको ठहर गरेको छ।

अदालतले श्रम नियमावली, २०७५ अनुसार कोषको रकम उपचार, शिक्षा, खेलकुद, मनोरञ्जन तथा श्रमिक र उनका परिवारको सामूहिक हितका कार्यक्रममै खर्च गर्नुपर्ने उल्लेख गर्दै भविष्यमा पनि यस्ता रकम नगदका रूपमा वितरण नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

२०८३ जेष्ठ २८, बिहीबार २१:०८ प्रकाशित
ट्रेन्डिङ समाचार