काठमाडौं । पूर्व गृहमन्त्री सुदन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्। उनको सपथग्रहण आज अपराह्न ३ बजे हुने तय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
सम्पत्ति लगायत विभिन्न विवादमा मुछिएपछि यसअघि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीमाथि छानबिन गर्न समिति गठन गरेको थियो। समितिले आरोपहरू पुष्टि नभएको निष्कर्षसहित क्लीन चिट दिएपछि उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।
सपथग्रहणका लागि राष्ट्रपति कार्यालयमा आवश्यक पत्राचार भइसकेको स्रोतले जनाएको छ।
२०८३ जेष्ठ २६, मंगलवार १२:०२ प्रकाशित

