निर्णयमा सरकार चुक्दै


काठमाडौं ।  सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (टीयू) सभाको पदेन सदस्यबाट केन्द्रीय क्याम्पस, कीर्तिपुरका स्ववियु सभापतिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

सरकारले अध्यादेशमार्फत टीयू सभामा स्ववियु सभापति पदेन सदस्य रहने व्यवस्था हटाएपछि स्ववियु सभापति दीपकराज जोशी सर्वोच्च अदालत पुगेका थिए। न्यायाधीश अब्दुलअजिज मुसलमानको इजलासले मुद्दाको टुंगो नलाग्दासम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

अदालतको आदेशसँगै विश्वविद्यालय सभामा विद्यार्थी प्रतिनिधित्व कायम रहने भएको छ भने विवादको अन्तिम निरूपण अदालतबाट हुने अपेक्षा गरिएको छ।

२०८३ जेष्ठ २३, शनिबार १०:०६ प्रकाशित
ट्रेन्डिङ समाचार