पृष्ठभूमि
सूचनाको हक र पारदर्शिता बीचको अन्तरसम्बन्ध
– पारदर्शिता र सूचनाको हक दुवैले राज्यका गतिविधिहरूलाई खुला, जिम्मेवार र जवाफदेही बनाउन अभिप्रेरित गर्दछन् ।
– सूचनाको हकले पारदर्शितालाई प्रवद्र्धन गर्दछ भने पारदर्शिताले सूचनाको हकको कार्यान्वयनमा सहजता प्राप्ति हुन्छ ।
– सुशासनको आधार पारदर्शिता हो भने पारदर्शिताको आधार सूचनाको हक हो ।
– दुवै लोकतन्त्र, मानवअधिकार र सुशासनका आधार स्तम्भ हुन् ।
– सूचनाको हक र पारदर्शिता दुवैले नागरिकको सूचनामाथिको सरल, सहज र अर्थपूर्ण पहुँचको सुनिश्चितता प्रदान गर्दछन् ।
– सरकारका काम–कारबाहीमा नागरिक पहुँच तथा सहभागिता हुनु पारदर्शिता हो भने नागरिकलाई यस्तो पहुँचको सामथ्र्यता सूचनाको हकले प्रदान गर्दछ ।
– सूचनाको हकले सार्वजनिक निकायका पदाधिकारीलाई सूचनाको सार्वजनिकीकरण गर्न बाध्य बनाउँछ । साथै क्षतिपूर्ति, नियामक निकाय तथा पुनरावेदनको व्यवस्थाले पारदर्शिताको प्रवद्र्धन हुन्छ ।
– सूचनाको हकले सूचना नदिए संवैधानिक र कानुनी रूपमा दण्ड सजायको व्यवस्था गरी पारदर्शितालाई बलियो बनाउँछ भने पारदर्शिताले सार्वजनिक सूचनाहरूको स्वःस्फूर्त प्रकाशनको वातावरण निर्माण गरी सूचनाको हकको प्रत्याभूतिलाई बलियो बनाउँदछ ।
– सूचनाको हकको उद्देश्य सूचनामा नागरिकको अवसर र पहुँच सुनिश्चित गर्नु हो जुन पारदर्शिताबाट मात्र सम्भव हुन्छ ।
– सूचनाको हकको प्रचलन गराउन सूचना अधिकारी, प्रवक्ताको व्यवस्था गरिएको हुन्छ, जसको माध्यमबाट सूचनाको प्रवाह भई पारदर्शिता कायम हुन पुग्दछ ।
– सूचनाको हक पारदर्शिता प्रवद्र्धन गर्ने माध्य एवं साधन हो ।
– सूचनाको हकले सार्वजनिक पदाधिकारीहरूलाई सूचना दिनुपर्ने दायित्व निर्वाह गर्ने वातावरण निर्माण गरी पारदर्शिता कायम गर्न सहयोग गर्दछ भने पारदर्शिताले सार्वजनिक क्षेत्रमा खुलापन कायम गरी नागरिकले नमागीकनै सूचना प्रवाह गर्ने वातावरण निर्माण गर्दछ
सूचना मागकर्ताले ध्यान दिनुपर्ने कुराहरू
(क) सूचना माग निवेदन लेख्नु अगाडि
– सूचना माग गर्न जान लागिएको कार्यालयका बारेमा जानकारी लिने
– सूचना माग गर्नुको कारण, उद्देश्य एवं प्रयोजनका बारेमा स्पष्ट हुने
– सूचना माग गर्न लागिएको कार्यालयको मुखपत्र, वेबसाइट वा नोटिस बोर्डमा जानकारीका लागि राखिएको सूचनाहरूको अध्ययन गर्ने
(ख) सूचना मागको निवेदन लेख्दा
– आफूले के–के सूचना खोजेको हो त्यसलाई लिपिबद्ध गर्ने
– सूचना अधिकारीले सजिलै र स्पष्टसँग बुझ्न सक्ने भाषामा तयार गर्ने
– एकभन्दा बढी सूचना माग गर्न लाग्नु भएको हो भने हरेक सूचनाका लागि छुट्टाछुट्टै बुँदा बनाउने
– एउटा अनुच्छेदमा गोलमटोल सबै कुरा नराख्ने
– सूचनाको हकसम्बन्धी निवेदन लेख्दा सम्बन्धित निकायको सूचना अधिकारीलाई सम्बोधन गर्ने
– सूचना पाउँ भन्ने विषयमा त्यसमा तपाईंले आफ्नो अध्ययन, अनुसन्धान वा व्यक्तिगत प्रयोजन केका लागि सूचना माग्न खोजेको हो त्यो कुरा उल्लेख गरी सूचनाको हकसम्बन्धी ऐन–२०६४ बमोजिम निम्न सूचना पाउँ भन्ने बेहोरा मात्र उल्लेख गर्ने
– आफ्नो नाम र सम्पर्क ठेगाना राखेर निवेदकको हस्ताक्षर गरेपछि निवेदन तयार गर्ने
(ग) निवेदन दर्ता गराउने अवस्थामा
– सूचनाको हकको निवेदन दुई प्रति तयार गर्ने
– एक प्रति सम्बन्धित निकायको सूचना अधिकारीसमक्ष वा दर्ता शाखामा लगेर दर्ता गराउनुपर्छ र अर्को प्रतिमा दर्ता नम्बर र सम्बन्धित निकायको छाप लगाउन लगाएर आफैं राख्ने
– सूचनाको हकको निवेदन सम्बन्धित सार्वजनिक निकायमा दर्ता गर्ने
– सम्भव भएसम्म स्वयं निवेदन लिएर सम्बन्धित कार्यालयमा जाने
– सहयोगीमार्फत पनि निवेदन दर्ता गराउन सकिने, अन्यथा हुलाकबाट रजिस्टर्ड गरेर पनि सूचना मागको निवेदन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने
– निवेदनको बोधार्थ राष्ट्रिय सूचना आयोगलाई पनि दिनु उपयुक्त हुने
– निवेदन दर्ता नभएमा सम्बन्धित दर्ता शाखाका कर्मचारीसँग दर्ता नहुनुका कारण लिखित रूपमा माग गर्ने
(घ) निवेदन दर्ता गर्नेदेखि सूचना प्राप्त नगर्दासम्मको अवस्था
– तत्काल उपलब्ध गराउन सकिने प्रकृतिको सूचना १५ दिनभित्र उपलब्ध गराइने भएकोले निवेदन दर्ता गराएपछि त्यसमा तपाईंले फलोअप गरिरहनुपर्ने
– पन्ध्र दिनभित्र पनि सूचना नपाएमा वा आंशिक सूचना पाएमा वा पाएको सूचना गलत छ भन्ने लागेमा सूचना नपाएमा उजुरी एवं पुनरावेदनको प्रक्रिया शुरु गर्ने
(ङ) सूचना पाइसकेपछिको अवस्थामा
– सूचना लिनुअघि त्यस्तो सूचना सम्बन्धित सार्वजनिक निकायको अधिकारीले प्रमाणित गरे वा नगरेको यकिन गर्ने
– सूचनाका लागि तिर्नुपर्ने दस्तुर एवं शुल्कका बारेमा स्पष्ट हुने
– सूचना पाइसकेपछि त्यस्ता सूचना अध्ययन, अनुसन्धान, सामाजिक जवाफदेहिताको प्रवद्र्धनका लागि र तथ्यमा आधारित वकालत गर्नमा प्रयोग गर्ने
– सेवाग्राहीहरू आफ्नो हक, हित र आफूले पाउने सुविधाका बारे सचेत र जागरुक भई सावर्जनिक निकायका अधिकारीहरूलाई स्वेच्छाचारी ढंगले काम गर्नबाट रोक्ने कुरामा योगदान दिने
निष्कर्ष
पारदर्शिताले नागरिकको जान्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्दछ । सूचनामुखी कार्यसंस्कारको विकास गराउँछ । नागरिकहरूलाई सरोकारवाला वर्गसँग प्रश्न उठाउन सक्ने वातावरण सिर्जना गर्दछ । नागरिकहरूलाई सशक्तिकरण र सचेतीकरण गरी नागरिकको काम, कर्तव्य अधिकार र जिम्मेवारीको बोध गराउँछ ।
२०८१ आश्विन ३०, बुधबार ०८:२६ प्रकाशित