सँग सँगै बढ्दा लाली चढ्दा, कहिले दिल साटिएछ


सँग सँगै बढ्दा लाली चढ्दा, कहिले दिल साटिएछ
तिम्रो यादमा हराउँदा सामुन्नेमा नपाउँदा मन आतिएछ
देउरालीमा कुरिरहन्छु, अब बाटो काट्ने छैनौं
तिमी मेरो जिन्दगी हौ, बाचा गरी ढाँट्ने छैनौं
नसम्झी पल पल बांच्न गाह्रो छ अब
एक पल नछुट्टिने चखेवा जोडी भएछ जब
चखेवाको जोडी झै अजम्बरी,मायाको छाप छोडौला
समुन्द्रले गंगा अंगाले झै, पवित्र नाता जोडौला
राम्रो चीज खांदा लाउदा तिम्रो याद आउने
कठै मन दुई मुटु जोड्न, मन्दिर गुम्बा धाउने
नसम्झी ……………………….
भीर पाखा साथमा टेक्दा, गुराँस फुलिदिन्छ
फाँटहरुमा जोडी भै घुम्दा, खुशीहरु झुलिदिन्छ
तिमी साथमा हुँदा, म संसार भुलिदिन्छु
मनको तुवांलो हटाउ माया, माछापुच्छ्रे झैं खुलिदिन्छु।
नसम्झी…………………………….
यो गजल मदन बहादुर थिङको फेसबुक वालबाट साभार गरिएको हो ।

२०८१ श्रावण ३१, बिहीबार २२:२१ प्रकाशित
ट्रेन्डिङ समाचार