काठमाडौं ।नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले आफू पक्राउ गरिएको भन्ने समाचार पूर्ण रूपमा असत्य रहेको स्पष्ट गर्नुभएको छ।
प्रशासनपोष्टसँग सम्पर्क गर्दै सचिव पुष्करले हाल आफू घरमै परिवारसँग रहेको बताउँदै पक्राउ गरिएको भन्ने दाबी झुटो भएको उल्लेख गर्नुभयो।
“म अहिले घरमै छु। पक्राउ गरिएको भन्ने कुरा पूर्ण रूपमा असत्य हो। प्रहरीले सामान्य जानकारी लिन सम्पर्क मात्र गरेको हो,” पुष्करले प्रशासनपोष्टसँग भन्नुभयो।
उहाँकी श्रीमती तथा नेपाल सरकारकी सहसचिव आभा श्रेष्ठ ले पनि श्रीमान घरमै सुरक्षित रूपमा परिवारसँग रहेको बताउँदै पक्राउ गरिएको भन्ने समाचार सुनेपछि आफू अचम्मित भएको प्रतिक्रिया दिनुभयो।
“उहाँ घरमै हुनुहुन्छ, पक्राउ गरिएको भन्ने खबर गलत हो,” श्रेष्ठले बताउनुभयो।
पुष्करकाअनुसार प्रधानमन्त्री बालेन्द्र शाह लाई आफ्नो जिल्लाबासीको हैसियतमा केही विषयमा सन्देश पठाइएको थियो, र त्यसै सम्बन्धमा प्रहरीले सामान्य सोधपुछ गरेको मात्र हो।
उहाँले पक्राउ गरिएको भन्ने कुरा “सतप्रतिशत झुटो” भएको दाबी गर्नुभयो।


