सर्वोच्चद्वारा ट्रेड युनियन खारेज अध्यादेश कार्यान्वयन रोक


काठमाडौँ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने गरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित तीन न्यायाधीशको बहुमतले आदेश जारी गरेको हो। सरकारले जारी गरेको अध्यादेशले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन व्यवस्था हटाएको थियो।

अदालतले विपक्षीसँग ७ दिनभित्र लिखित जवाफ माग्दै जेठ ६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। दुई न्यायाधीशले भने अध्यादेश तत्काल रोक्न आवश्यक नरहेको भन्दै फरक राय दिएका छन्।

२०८३ बैशाख २८, सोमबार १९:३५ प्रकाशित
ट्रेन्डिङ समाचार