काठमाडौं ।
सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ।
सरकारले हालै विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेपछि त्यसविरुद्ध आठ विद्यार्थी संगठनले संयुक्त रूपमा रिट दायर गरेका थिए।
प्रारम्भिक सुनुवाइपछि अदालतले अर्को आदेश नआएसम्म उक्त सरकारी निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो।
२०८३ बैशाख २८, सोमबार १६:०३ प्रकाशित


