जेनजी आन्दोलनः सरकारद्वारा जाँचबुझ आयोग गठन


काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएको गोलीकान्डको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।

सरकारले आयोगको अध्यक्षमा गौरीबहादुर कार्कीलाई जिम्मेवारी दिएको हो। आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र सदस्यमा विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्।

आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको गृहमन्त्री ओमप्रकाश शर्माले जानकारी दिए।

२०८२ आश्विन ५, आईतवार २०:१६ प्रकाशित
ट्रेन्डिङ समाचार