काठमाडौं
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक सेवा लिँदा कतै ढिलासुस्ती गरे वा घुस मागे सिँधै फोन गर्न आग्रह गरेको छ। शनिबार एक सूचना जारी गर्दै प्रधानमन्त्री कार्यालयले फोन गर्न ‘हटलाइन नम्बर’ पनि सार्वजनिक गरेको छ। प्रम कार्यालयले कार्यालयलको हटलाइन नम्बर ९८५११४५०४५ पनि सार्वजनिक गरिएको छ।
‘सार्वजनिक सेवा प्रवाह गर्ने कुनै पनि सेवा प्रदायक मन्त्रालय, कार्यालय, निकायमा सेवाग्राहीको काममा ढिलासुस्ती, मोल मोलाहिजा, काम पन्छाउने, घुस–रिसवत माग्ने, अनावश्यक दुःख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा देहायका नम्बरमा सम्पर्क गर्नुहुन सम्बन्धित सरोकारवालाहरूमा अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।
२०८२ आश्विन ५, आईतवार ००:०५ प्रकाशित


