जेन–जी प्रदर्शनका क्रममा भागेका ८ हजार ८१६ कैदी अझै फरार


काठमाडौं
भदौ २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा देशभरका कारागार तथा बालसुधारगृहबाट भागेका मध्ये ठूलो संख्यामा कैदीबन्दीहरु अझै फिर्ता भएका छैनन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार २७ वटा कारागार र ९ वटा बालसुधारगृहबाट क्रमशः १३ हजार ५९१ कैदीबन्दी र ९६४ बालसुधारबन्दी भागेका थिए।अहिलेसम्म कारागारबाट भागेका मध्ये ५ हजार ४९५ र बालसुधारगृहबाट भागेका २४४ जना फिर्ता भइसकेका छन्। तर अझै ८ हजार ८१६ कैदीबन्दी फरार रहेको र खोजी अभियान जारी रहेको विभागले जनाएको छ।
झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरलगायतका कारागार प्रभावित भएको विभागले जनाएको छ।
बालसुधारगृहतर्फ मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटीबाट कैदीबन्दी भागेका थिए।

 

 

२०८२ आश्विन ३, शुक्रबार १६:५८ प्रकाशित
ट्रेन्डिङ समाचार