काडमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारीहरु खोज्न र छानबीन गर्न
छुट्टै आयोग बनाउने जानकारी दिनुभएको छ । भ्रष्टाचार छानबीनको विषय
आन्दोलनको म्याण्डेट नै भएकाले भ्रष्टाचार छानबीन गर्न आयोग आवश्यक पर्ने र त्यसको लागि छिट्टै गृहकार्य थालिने उहाँले बताउनुभयो ।
उक्त आयोगले अनसुन्धान गरेर भ्रष्टाचारी पहिचान गरी अर्को सरकारका लागि कारवाही गर्न सहज हुने आधार तयार गरिदिने स्पष्ट पार्नुभयो ।
‘‘कति भ्रष्टाचार भएको छ । अनियमितिता भएको छ त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाही गर्ने सम्म मात्र पुर्यायौं भने सरकारले काम गर्न सक्छ । तर हामी बाटो चाहिँ बनाउँछौं’ प्रधानमन्त्री कार्कीले बीबीसी नेपालीलाई दिएको अन्तर्वार्तामा भन्नुभयो ।
जेनजी आन्दोलनको दमन जाँचबुझका लागि तीन सदस्यीय आयोग बन्ने जानकारी उहाँले दिनुभयो । उहाँले आयोगलाई सुरुमा एक महिनाको समय दिने र नसकिएको अवस्थामा थप १५ दिन समय उपलब्ध गराउने जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले हिजो नै आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको थियो ।


