काठमाडौं
काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह सरकारले निर्धारण गरेको फागुन २१को आम निर्वाचनमा नयाँ दल खोलेर होमिने भएका छन् । केहि दिन अघि भएको जेनजी विद्रोह
बालेनको योजनाअनुसार भएको थियो, जहाँ ३६ वर्षदेखि थिचिएको जनताको पीडा विस्फोट भएको देखिन्छ । जेन–जीले अन्तरिम सरकारको प्रधानमन्त्री बन्न गरेको प्रस्ताव बालेनले अस्वीकार गर्नुको मुख्य कारण उनले पाँच वर्षसम्म ढुक्कसँग सरकार सञ्चालन गर्ने योजनामा केन्द्रित हुनु नै रहेको बताइएको छ । सुशीला कार्की बालेनकै सिफारिसमा प्रधानमन्त्री बनेकी हुन् । जेनजीलाई पनि बालेनले कार्की नै प्रधानमन्त्री हुने संकेत पटक पटक दिएका थिए। स्रोतका अनुुसार बालेनले भने सरकारमा जान कुनै रुचि नै देखाएनन् । बालेनले नै आफू शक्तिसाली सरकारको प्रधानमन्त्री हुने भनेर नै सुशीला कार्कीलाई समर्थन गरेका थिए ।
त्यसैले बालेन शाह हाल दल दर्ता गरेर एकैपटक ७७ जिल्लामा पार्टी विस्तार गर्ने योजनामा लागिरहेको स्रोतले जनाएको छ । प्रत्यक्ष कार्यकारी प्रमुखमा जाने बाटो संविधानले नदिने भएकाले उनले दुई तिहाइ बहुमत ल्याएर २०८३ सालमा संविधान संशोधन गर्ने गरी गृहर्कार्य थालेको जनाईको छ ।
बालेनप्रति आकर्षण ह्वात्तै बढेकोले आगामी निर्वाचनमा कांग्रेस एमाले तथा माओवादी बढारिने विश्लेषकहरूको भनाइ छ । बालेनको पार्टीमा सिंगो देशकै जनता एकपटक गोलबद्ध हुने राजनीतिक तर्क अर्काथरिले गरिरहेका छन् ।
अतः आउने चुनावबाट बालेन शाहको पार्टी र रवि लामिछाने सभापति भएको रास्वपाको संयुक्त शक्ति प्रभाव प्रतिनिधि सभामा हुने र यी दुई पार्टी निर्णायक हुने सम्भावना देखिएको बताइएको छ ।


