नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर


नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष (न्यायाधीश) टेक नारायण कुँवर र सदस्य (न्यायाधीश) राम बहादुर थापाको इजलासले बस्नेतलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले सजाय निर्धारणको लागि पेश गर्ने आदेश गरेको छ । मेयर बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनले पद्मा कोलोनी प्रालिका सञ्चारक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रूपैयाँ घुस लिएको आरोप रहेको थियो ।

२०८२ असार ६, शुक्रबार १९:०० प्रकाशित
ट्रेन्डिङ समाचार