
काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ भने स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँ घटेर १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ८४ हजार ८ सय रुपैयाँ पुगेको थियो। यता, चाँदीको भाउ भने स्थिर रहँदै शुक्रबारकै मूल्य १ हजार ९४५ रुपैयाँमै कायम छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२०८२ जेष्ठ ४, आईतवार १३:१६ प्रकाशित