५ लाख ७० हजार घुससहित इन्जिनियर यादव पक्राउ


काठमाडौँ। सघन सहरी तथा भवन निर्माण आयोजनाका ओखलढुङ्गास्थित कार्यालयमा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई अख्तियारले ५ लाख ७० हजार रुपैयाँ घुससहित भक्तपुरको लोकन्थलीबाट नियन्त्रणमा लिएको छ।

खोटाङमा निर्माणाधीन सडकको बिल भुक्तानीका लागि घुस मागेको आरोपमा उनलाई पक्राउ गरिएको हो। हाल थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।

२०८२ जेष्ठ २, शुक्रबार १४:१२ प्रकाशित
ट्रेन्डिङ समाचार