
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले उनीहरूमाथि नगरपालिकाका विभिन्न वडामा उच्चस्तरीय पोल लाइट जडान गर्दा गैरकानूनी लाभ र सरकारी स्रोतमा हानि पुर्याएको आरोपमा मुद्दा चलाएको हो।
यस मुद्दामा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरू र जी.एस. निर्माण सेवा नामक निर्माण कम्पनीसमेत संलग्न रहेको अख्तियारले जनाएको छ।
२०८२ जेष्ठ १, बिहीबार १२:४६ प्रकाशित