
काठमाडौँ। कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा रकम अपचलनको आरोपमा पक्राउ परेकी नेपाली काँग्रेसकी सांसद माया राईलाई अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार बयान र थुनछेक बहसपछि सांसद राईलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
राई कुनै समय सो सहकारीको सहसचिव थिइन्। उनी सञ्चालक समितिमा रहँदा करिब साढे २ करोड रुपैयाँ अपचलन भएको भन्दै अनुसन्धान भइरहेको छ।
उनको संलग्नता आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मको अवधिमा देखिएको हो।
२०८२ जेष्ठ १, बिहीबार १२:२८ प्रकाशित