
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला ३५ सय रुपैयाँ घटेर १ लाख ८१ हजार ८ सय रुपैयाँमा झरेको छ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ९२५ रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औंस ३१ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनचाँदीको मूल्यमा आएको यो गिरावटले बजारमा ठूलो चासोको विषय बनेको छ।
२०८२ जेष्ठ १, बिहीबार १२:२२ प्रकाशित