काठमाडौँ । लोक सेवा आयोगले लेखापाल पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगले सोमबार एक सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणको लागि भएको परीक्षा नतिजा प्रकाशित गरेको हो।
यो नतिजा वि. नं. प्र.४/१०८-१०९/०८०-०८१ अन्तर्गत कोशी प्रदेशको प्रशासन सेवा, लेखा समूह तथा उपसमूह अन्तर्गत तह ४ का सिनियर मिटर रिडर/सहायक लेखापाल पदका लागि हो। परीक्षा खुला तथा समावेशी प्रतिस्पर्धाबाट गरिएको थियो।
सफल उम्मेदवारहरूको सूची लोक सेवा आयोगको वेबसाइट [www.psc.gov.np](http://www.psc.gov.np) मा हेर्न सकिन्छ। आयोगले अन्तर्वार्ताका लागि योग्य उम्मेदवारहरुलाई तोकिएको मितिमा सम्पर्क गर्न अनुरोध गरेको छ।
साथै, असफल उम्मेदवारले चाहेमा तोकिएको समयसीमा भित्र पुनरावलोकनको निवेदन दिन सक्ने व्यवस्था पनि गरिएको आयोगले जानकारी दिएको छ।
२०८२ बैशाख २९, सोमबार १५:१० प्रकाशित


