
काठमाडौँ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारी*विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।
अधिवक्ता नवीन धितालले दायर गरेको उक्त रिटमा, अधिकारीले गभर्नर पदमा रहँदा नै गभर्नर सिफारिस समितिमा बस्नु गैरकानूनी भएको दाबी गरिएको छ।
सरकारले गभर्नर नियुक्तिका लागि चैत ११ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। तर सो समिति बैठक बस्न नसक्दा, पूर्वगभर्नरको प्रतिनिधिका रूपमा नियुक्त विजयनाथ भट्टराई*ले पनि राजीनामा दिएका थिए।
रिटमा सिफारिस प्रक्रियामा भएको भनिएको संस्थागत असंगति र पदीय स्वार्थबाझको विषय उठाइएको छ।
२०८२ बैशाख २९, सोमबार १५:०० प्रकाशित