काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ एकैदिन ३ हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य हाल प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ पुगेको छ।
यसअघिको दिन आइतबार सो सुनको भाउ १ लाख ९० हजार ५ सय रुपैयाँ रहेको थियो। यसरी हेर्दा दुई दिनमै कुल ४ हजार रुपैयाँले सुन सस्तो भएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर हाल १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार यो मूल्य १ हजार ९ सय ७० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा भने सोमबार सुनको मूल्य प्रतिऔंस ३२७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२०८२ बैशाख २९, सोमबार ११:४१ प्रकाशित


