“कुनै पनि जेठ १५ मा राजावादीको सपना साकार हुँदैन” : प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूलाई लोकतान्त्रिक प्रणालीभित्र रहेर राजनीति गर्न सुझाव दिएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफदिँदै प्रधानमन्त्री ओलीले राजावादीहरूका ‘प्रतिगामी सपना’ कहिल्यै पूरा नहुनेस्पष्ट पारेका छन्।

‘अब आउने कुनै पनि जेठ १५ मा तपाईंहरूको सपना साकार हुँदैन,’ ओलीले भने, ‘अधिनायकवादी र निरङ्कुश शासनमा कानुन र संविधानको दुहाइ दिनेहरूले अहिले खुला समाजमा लोकतन्त्र उल्ट्याउने कुरा गर्नु हास्यास्पद हो।’

प्रधानमन्त्री ओलीको भनाइ स्पष्ट रूपमा नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समितिको घोषणातर्फ लक्षित थियो। समितिले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरूगर्ने घोषणा गरेको छ। आन्दोलनको प्रमुख एजेन्डामा राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र घोषणा र संघीयता खारेजी रहेका छन्।

ओलीले राजसंस्था फर्काउने सपना देख्नु समयको मागविपरीत भएको भन्दै बंगलादेश र श्रीलंकाको उदाहरण दिए। ‘श्रीलंकामा पनि राजा फर्काएका छैनन्। लोकतन्त्रभित्रको राजनीति गर्न सिक्नु जरुरी छ,’ उनले भने।

२०८२ बैशाख २८, आईतवार १४:२६ प्रकाशित
ट्रेन्डिङ समाचार