
काठमाडौँ। तीनकुनेमा भएको आन्दोलनका क्रममा फरार रहेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार बस्नेतलाई आइतबार सुकेधाराबाट पक्राउ गरिएको हो। प्रहरी परिसरका एसपी Artists बोहराले उनीमाथि राज्यविरुद्धको कसुरअन्तर्गत पक्राउ पुर्जी जारी भएको जानकारी दिए।
गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा संलग्न रहेका बस्नेत त्यसयता फरार थिए। प्रहरीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो।
२०८२ बैशाख २८, आईतवार १३:५४ प्रकाशित