सैनिक कल्याणकारी कोषमा २ करोडभन्दा बढी रकमको घोटाला


काठमाडौँ। २ करोड २२ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको घटनामा नेपाली सेनाका बहालवाला सहायक रथी रोशन खड्का सेनानी बोधराज कार्की तथा पूर्वजमदार आत्मराम थापा संलग्न रहेको खुलेको छ।

पूर्वजमदार थापा प्रहरी हिरासतमा छन् र उनले आफ्नो बयानमा वरिष्ठ अफिसरहरूलाई समेटेका छन्।

प्रमुख सेनानी लक्ष्मण अधिकारी फरार छन्।

प्रहरीले उच्च अधिकारीहरूमाथि अनुसन्धान अघि बढाउने प्रयास गरे पनि सेनाले आन्तरिक छानबिन गरिरहेको भन्ने जानकारी दिएपछि उनीहरूमाथि सोधपुछ अगाडि बढाइएको छैन।

यो घोटालामा रकम अपचलन गरेर अफिसरहरूले बिदा, पेट्रोल कुपन, र क्यान्टिन सुविधा उपलब्ध गराएको उल्लेख गरिएको छ।

२०८२ बैशाख २६, शुक्रबार १५:४१ प्रकाशित
ट्रेन्डिङ समाचार