
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १,४०० रुपैयाँ घटेर १,९०,८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसकै मूल्य १,९२,२०० रुपैयाँ थियो।
चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेर १,९६० रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य १,९५५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३,३२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२०८२ बैशाख २६, शुक्रबार ११:५८ प्रकाशित