
काठमाडौँ । अष्ट्रेलियामा कार्यरत नेपालकी आवासीय राजदूत चित्रलेखा यादवलाई न्युजिल्याण्डका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, मलेसियाका लागि आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिना ब्रुनाइ दारुस्सलामका लागि गैरआवासीय राजदूत पदमा नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उनीहरूलाई सो पदमा नियुक्त गरेका हुन्। नियुक्तिसम्बन्धी जानकारी राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिएकी हुन्।
२०८२ बैशाख २५, बिहीबार १५:५८ प्रकाशित