कर्मचारी कुटपिट प्रकरणमा पोखरा वडाध्यक्ष पराजुली पक्राउ


काठमाडौँ । पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई कार्यालयका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

महानगरपालिका प्रशासन शाखामा कार्यरत ईश्वरीप्रसाद पोख्रेलमाथि मंगलबार वडाध्यक्ष पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गरेका थिए। व्यवसायी लेखनाथ सुवेदीको जाहेरीपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनाको विरोधस्वरूप बुधबार महानगरको कामकाज प्रभावित भएको थियो। कर्मचारीहरूले सेवा प्रवाह स्थगन गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

२०८२ बैशाख २५, बिहीबार १२:२० प्रकाशित
ट्रेन्डिङ समाचार