सुनको भाउमा निरन्तर उकालो लाग्दै


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य फेरि वृद्धि भएको छ भने चाँदीको भाउमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रूपैयाँले बढेर एक लाख ९२ हजार २ सय रूपैयाँ पुगेको छ। बुधबार सुनको मूल्य एक लाख ९१ हजार ६ सय रूपैयाँ थियो।

यसका विपरीत, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ घटेर एक हजार ९५५ रूपैयाँमा झरेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको कारोबार मूल्य प्रतिऔंस ३,३७८ अमेरिकी डलरमा भइरहेको छ।

 

२०८२ बैशाख २५, बिहीबार ११:३८ प्रकाशित
ट्रेन्डिङ समाचार