
काठमाडौँ।
१ . डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने पहिलो नेपाली कम्पनी कुन हो ?
एनसेल
– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा विसं २०८२ वैशाख ७ गते एनसेल डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत भएको हो ।
– सूचीकृत भएसँगै नियमन, पारदर्शिता र साइबर सुरक्षा सुदृढ हुने अपेक्षा गरिएको छ ।
– हाल एनसेलको ललितपुरको नख्खुमा बैङ्क, सरकारी निकाय र ठुला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डेटा सेन्टर सञ्चालनमा रहेको छ । त्यसै गरी यसले पोखरा र हेटाँैडामा डिजास्टर रिकभरी डेटा सेन्टर सञ्चालन गर्दै आएको छ ।
२. भारत र पाकिस्तानबिच सन् १९६० मा भएको जलसन्धि भारतद्वारा निलम्बन गर्ने निर्णय कहिले भएको हो ?
सन् २०२५ अप्रिल २३
– भारतले कस्मिरको पहलगाममा सन् २०२५ अप्रिल २२ मा २६ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी हमलामा पाकिस्तानी नागरिकको संलग्नता
देखिएको भन्दै भारतले कूटनीतिक सम्बन्ध घटाउने, सिन्धु जलसन्धि निलाम्बन र भिसा रद्द गर्नेलगायतका निर्णय गरेको ।
३. नइ एकेडेमी अस्ट्रेलिया शाखाद्वारा साहित्यतर्फको ‘नइ पारिजात अवार्ड – २०२५’ कसलाई प्रदान गरियो ?
साहित्यकार रामप्रसाद कोइराला
पत्रकारितातर्फ : निरु त्रिपाठी र सीता रसाइली
नइ वर्ष युवा पुरस्कार २०२५ (१२–२४ वर्षका पाँच जना सम्मानित)
साहित्यतर्फ : मोक्षदा अम्गाई
गीत/सङ्गीततर्फ : सन्देश पौडेल
नृत्यतर्फ : गौरीमा रायमाझी र सिमोन सिर्पाली
खेलकुदतर्फ : मिया पुन
४. नेपाल–भारतबिच चार सय केभी क्षमताका दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापनासम्बन्धी सम्झौता कहिले भएको हो ?
विसं २०८२ वैशाख ९ गते
यस अघि २०८१ माघ २९ मा भारको नयाँ दिल्लीमा भएको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपाल–भारतबिच इनरुवा–न्यू पूर्णिया र दोदोधरा (न्यू लम्की)– बरेली बिचको चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त कम्पनी स्थापना गरेर निर्माण गर्ने सहमति भएको थियो ।
५. ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास सहरी मन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको ।
६. राष्ट्रिय फोटो पत्रकार मञ्च नेपालले फोटो पत्रकारिता अवार्ड– २०२५ बाट कसलाई सम्मानित ग¥यो ?
मनोज शाही र कविता थापा (गोरखापत्र)
७. सुनसरीको तरहरामा २०८२ वैशाखमा सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा प्रथम हुन सफल कवि को हुन् ?
अविनाश भट्टराई (कविता : झ्यालको सौन्दर्यशास्त्र)
प्रथम : अविनाश भट्टराई (कविता : झ्यालको सौन्दर्य शास्त्र)
द्वितीय : शुभचन्द्र राई (कविता : आशा)
तृतीय : एलिसा एकलास (कविता : पृथ्वीको अन्तिम रुख)
सान्त्वना : रोमा लम्साल (कविता : मानिसलाई रुखको अन्तिम प्रश्न) र दीपिन सिजापती (कविता : सङ्घर्ष र संकल्प)
८. नेपाली समुदायको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित ‘मिस नेपाल क्यानडा २०२५’ को उपाधि जित्ने युवती को हुन् ?
अनु सुवेदी
– त्यसै गरी मिसेस नेपाल क्यानडा २०२५ को उपाधि मेग्ना गजमेरले हात पारेकी ।
– प्रतियोगितामा मिस क्याटेगोरी तर्फ प्रशंसा भट्ट फस्ट रनरअप तथा स्वर्णपरी श्रेष्ठ सेकेन्ड रनरअप घोषित भएका ।
– मिसेस क्याटेगोरीमा मञ्जु बस्नेत फस्ट रनरअप र प्रतीक्षा कुँवर सेकेन्ड रनरअप घोषित भएका ।
९. छिन्नलता गीत पुरस्कार गुठीले २०८१ सालको छिन्नलता गीत पुरस्कार कसलाई प्रदान ग¥यो ?
गीत रचनातर्फ : राजेन्द्र रिजाल
सङ्गीततर्फ : आभास (अच्चुत फुयाँल)
गायनतर्फ : इतु जोजिजु र रामभक्त जोजिजु
– युवा प्रतिभा पुरस्कार एसडी योगीलाई प्रदान गरिएको ।
– विसं २०७९ देखि छिन्नलता गीत पुरस्कारको राशि एक लाख रुपियाँ तथा युवा प्रतिभा पुरस्कारको राशि ५० हजार रुपियाँ कायम भएको ।
१०. बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले २०८२ सालको प्रतिष्ठित बसुन्धरा श्री पुरस्कार कसलाई प्रदान गर्ने निर्णय ग¥यो ?
कवि तुलसी दिवस
– बसुन्धराश्री पुरस्कारको राशि रु. ७५ हजार रुपियाँ रहेको ।
– प्रतिष्ठानले २०८२ सालको मानश्री पुरस्कार कवि तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको ।
– यस पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको ।
११. शिलापत्र वर्षव्यक्ति २०८१ बन्न सफल जनप्रतिनिधि को हुन् ?
रेनु दाहाल (मेयर, भरतपुर मनपा)
– उनी बेलायतको संसद् भवन हाउस अफ कमन्समा इन्टरनेसनल मेयर अवार्डबाट समेत सम्मानित भएकी ।
१२. पूर्वप्रहरी महानिरीक्षक दुर्लभकुमार थापाको निधन कहिले भएको हो ?
विसं २०८२ वैशाख १०
थापा विसं २०३५ साउनदेखि २०३९ जेठसम्म आइजिपी भई कार्यसम्पदान गरेका ।
१३. सन् २०२५ अप्रिलमा ‘एसियन फोरस अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट’ को युवा समिति अध्यक्षमा निर्वाचित हुन सफल व्यक्तित्व को हुन् ?
योगेश गौचन थकाली (प्रतिनिधि सभा सांसद)
– मलेसियाको क्वालालम्पुरमा अप्रिल २७–२८ मा भएको महासभाबाट थकाली अध्यक्ष निर्वाचित भएका ।
– ‘एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट’ एसिया–प्रशान्त र मध्य एसियाका ३० वटा राष्ट्रिय समितिका सांसदहरू मिली बनेको एक क्षेत्रीय सञ्जाल हो ।
– महिला, बालबालिका, युवा र वृद्ध जस्ता समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्धन गर्ने यस संस्थाको उद्देश्य रहेको ।