प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी एसएसपी रमेश थापालाई


काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई दिइएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी थापा अबदेखि नेपाल प्रहरीका तर्फबाट सञ्चार माध्यममा औपचारिक जानकारी दिने जिम्मेवारीमा रहने छन्।

नेपाल प्रहरीले आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा यथार्थ र तथ्यगत रूपमा जानकारी दिन प्रवक्ताको भूमिकालाई अझ प्रभावकारी बनाउन एसएसपी थापालाई नियुक्त गरिएको हो।

सचिवालयका अनुसार थापा प्रहरी संगठनभित्र विविध प्रशासनिक तथा सार्वजनिक सम्बन्धका काममा अनुभव प्राप्त अधिकृत हुन्।

२०८२ बैशाख २४, बुधबार १५:३१ प्रकाशित
ट्रेन्डिङ समाचार