पूर्वाधार विकास कार्यालय प्रमुखविरुद्ध सर्वोच्चमा पुनरावेदन


काठमाडौँ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानस्थित पूर्वाधार विकास कार्यालयका तत्कालीन प्रमुख इन्जिनियर विनोद पुनविरुद्ध विशेष अदालतको फैसला चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

शारदा नगरपालिका–१५ को सुन्दर डाँडा–थाङ्नेखोला सडक निर्माणमा ठेक्का सम्झौता बमोजिमको काम नभएको, सडकमा सवारी साधन सञ्चालन हुन नसक्ने र फिल्डमा नगरेको कामसमेत भएको देखाइ नापी किताबमा गलत विवरण चढाई अन्तिम भुक्तानीको लागि प्रतिवेदन तयार पारेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो।

आयोगको दाबी अनुसार सार्वजनिक सम्पत्तिमा ७ लाख १४ हजार रुपैयाँभन्दा बढी नोक्सानी पुर्‍याइएको थियो। तर, विशेष अदालतले २०८० सालको फागुन १५ गते प्रतिवादीहरूलाई सफाइ दिएको थियो।

 

 

२०८२ बैशाख २४, बुधबार ११:३० प्रकाशित
ट्रेन्डिङ समाचार