सशस्त्र प्रहरीको पोशाक लगाएर भिडिओ अपलोड गर्ने १६६ जनामाथि कारबाही


काठमाडौँ। सशस्त्र प्रहरी बलको पोशाकमा विभिन्न सामाजिक सञ्जालमा भिडियो तथा तस्बिरहरू अपलोड गर्ने १६६ जना कर्मचारीमाथि विभागीय कारबाही गरिएको छ।

कारबाहीमा परेकाहरूमा सशस्त्र प्रहरी नायव निरीक्षकदेखि जवान र परिचरसम्म छन्।

तिनीहरूले फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम, वीच्याट आदि प्लेटफर्ममा पोशाक लगाएर सामग्रीहरू सार्वजनिक गरेका थिए।

कारबाहीको स्वरूप ११८ जनालाई नसिहत,अन्यलाई चेतावनी, बढुवा रोक्का, मौखिक सम्झाइबुझाइ

साथै, संगठनका बारेमा नकारात्मक टिप्पणी गर्ने कर्मचारीहरूमाथि पनि निगरानी र कारबाही चलिरहेको छ।

यसका लागि सामाजिक सञ्जाल अनुगमन शाखा स्थापना गरिएको छ।

२०८२ बैशाख २३, मंगलवार १६:४३ प्रकाशित
ट्रेन्डिङ समाचार