दुई प्रमुख प्रशासकीय अधिकृतसहित पाँच उपसचिवको सरुवा सूची गुपचुप


काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इटहरी र नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच उपसचिवको सरुवा गरेको छ।

तर, यो सरुवा प्रक्रिया गोप्य रूपमा गरिएको छ, सूची सार्वजनिक गरिएको छैन।

उपसचिव रामहरि शर्मालाई नेपालगञ्ज र मीन भट्टराईलाई इटहरी खटाइएको छ। अन्य तीन उपसचिवहरूलाई गृह मन्त्रालयसरुवा गरिएको छ।

सूत्रका अनुसार मन्त्री राजकुमार गुप्ताको चलखेल र सचिव रविलाल पन्थको मौन समर्थनमा सरुवा खेल चलिरहेको छ।

सरुवा ‘सार्वजनिक नगरी’ दिन–दिनै अलिकति–अलिकति गरी ठूलो हल्ला नगरी भइरहेको छ।

 

२०८२ बैशाख २३, मंगलवार १६:२५ प्रकाशित
ट्रेन्डिङ समाचार