
काठमाडौँ । गत चैत १५ गते तीनकुनेमा भएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको अभियोगमा संयुक्त जनआन्दोलन समितिका सल्लाहकार खेमराज सेढाईलाई प्रहरीले पक्राउ गरेको छ।
७२ वर्षीय सेढाई नुवाकोटको लिखु गाउँपालिका–३ स्थायी बासिन्दा हुन् भने हाल काठमाडौँ महानगरपालिका–७ मा बसोबास गर्दै आएका छन्। काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा आयोजित प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिमा संलग्न थिए।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा सेढाईको संलग्नता प्रमाणित भएसँगै उनलाई पक्राउ गरिएको हो।
२०८२ बैशाख २२, सोमबार १८:३९ प्रकाशित