
काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस) अछामकी उपप्रमुख दानमती शाहीसहित तीन जना महिला पक्राउ परेका छन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्।
उनीहरूमाथि अपमानजनक व्यवहार गरेको आरोपमा मुद्दा दायर भई पक्राउ गरिएको हो। शाही २०७९ साल जेठ २१ गते आफ्नै घरनजिकैको जंगलमा मृत अवस्थामा फेला परेका विनोद शाहीको विवादास्पद घटनामा मुछिएकी थिइन्।
विनोद शाहीको मृत्युलाई लिएर एमाले र कांग्रेसबीच आरोप-प्रत्यारोप भइरहेकै बेला उपप्रमुख शाहीमाथि पनि संलग्नताको आशंका गरिँदै आएको थियो। अहिले सोही प्रकरणमा अदालतमा मुद्दा विचाराधीन रहँदासमेत त्यसले राजनीतिक तानातान निम्त्याउँदै आएको छ।
२०८२ बैशाख २२, सोमबार १८:३४ प्रकाशित