शाखा अधिकृतको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण


काठमाडौँ।  लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदहरूको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ।

सोमबार आयोगको केन्द्रीय कार्यालयले सूचना जारी गर्दै परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिएको हो।

वि.नं. १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी) अन्तर्गत परराष्ट्र सेवा, राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) पदका लागि संयुक्त र एकीकृत परीक्षा प्रणालीअन्तर्गत आवेदन दिएका उम्मेदवारहरूको परीक्षा स्थल पोखरामा तोकिएको छ।

आयोगले अनलाइनमार्फत दरखास्त स्वीकृत गरेका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको लागि परीक्षा भवनसमेत निर्धारण गरिसकेको जनाएको छ।

 

२०८२ बैशाख २२, सोमबार १८:२९ प्रकाशित
ट्रेन्डिङ समाचार