
काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ८४ हजार ६ सय रुपैयाँ पुगेको छ।
आइतबार सो सुनको मूल्य १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। आइतबार प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा स्थिर रहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस ३२ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा केही वृद्धि हो।
२०८२ बैशाख २२, सोमबार १३:०८ प्रकाशित