लोक सेवा विशेष : वस्तुगत प्रश्नोत्तर


काठमाडौँ।

१. डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने पहिलो नेपाली कम्पनी कुन हो ? 

 एनसेल

– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा विसं २०८२ वैशाख ७ गते एनसेल डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत भएको हो ।

– सूचीकृत भएसँगै नियमन, पारदर्शिता र साइबर सुरक्षा सुदृढ हुने अपेक्षा गरिएको छ ।

– हाल एनसेलको ललितपुरको नख्खुमा बैङ्क, सरकारी निकाय र ठुला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डेटा सेन्टर सञ्चालनमा रहेको छ । त्यसै गरी यसले पोखरा र हेटाँैडामा डिजास्टर रिकभरी डेटा सेन्टर सञ्चालन गर्दै आएको छ ।

२. भारत र पाकिस्तानबिच सन् १९६० मा भएको जलसन्धि भारतद्वारा निलम्बन गर्ने निर्णय कहिले भएको हो ? 

 सन् २०२५ अप्रिल २३

– भारतले कस्मिरको पहलगाममा सन् २०२५ अप्रिल २२ मा २६ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी हमलामा पाकिस्तानी नागरिकको संलग्नता

देखिएको भन्दै भारतले कूटनीतिक सम्बन्ध घटाउने, सिन्धु जलसन्धि निलाम्बन र भिसा रद्द गर्नेलगायतका निर्णय गरेको ।

३. नइ एकेडेमी अस्ट्रेलिया शाखाद्वारा साहित्यतर्फको ‘नइ पारिजात अवार्ड – २०२५’ कसलाई प्रदान गरियो ? 

 साहित्यकार रामप्रसाद कोइराला

पत्रकारितातर्फ : निरु त्रिपाठी र सीता रसाइली

नइ वर्ष युवा पुरस्कार २०२५ (१२–२४ वर्षका पाँच जना सम्मानित)

साहित्यतर्फ :  मोक्षदा अम्गाई

गीत/सङ्गीततर्फ :  सन्देश पौडेल

नृत्यतर्फ :  गौरीमा रायमाझी र सिमोन सिर्पाली

खेलकुदतर्फ :  मिया पुन

४. नेपाल–भारतबिच चार सय केभी क्षमताका दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापनासम्बन्धी सम्झौता कहिले भएको हो ? 

 विसं २०८२ वैशाख ९ गते

यस अघि २०८१ माघ २९ मा भारको नयाँ दिल्लीमा भएको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपाल–भारतबिच इनरुवा–न्यू पूर्णिया र दोदोधरा (न्यू लम्की)– बरेली बिचको चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त कम्पनी स्थापना गरेर निर्माण गर्ने सहमति भएको थियो ।

५.  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास सहरी मन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको ।

६. राष्ट्रिय फोटो पत्रकार मञ्च नेपालले फोटो पत्रकारिता अवार्ड– २०२५ बाट कसलाई सम्मानित ग¥यो ? 

 मनोज शाही र कविता थापा (गोरखापत्र)

७. सुनसरीको तरहरामा २०८२ वैशाखमा सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा प्रथम हुन सफल कवि को हुन् ? 

 अविनाश भट्टराई (कविता : झ्यालको सौन्दर्यशास्त्र)

प्रथम : अविनाश भट्टराई (कविता : झ्यालको सौन्दर्य शास्त्र)

द्वितीय :  शुभचन्द्र राई (कविता : आशा)

तृतीय : एलिसा एकलास (कविता : पृथ्वीको अन्तिम रुख)

सान्त्वना :  रोमा लम्साल (कविता : मानिसलाई रुखको अन्तिम प्रश्न) र दीपिन सिजापती (कविता : सङ्घर्ष र संकल्प)

२०८२ बैशाख २१, आईतवार १६:३८ प्रकाशित
ट्रेन्डिङ समाचार